काठमाडौं । उपचारका क्रममा मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका थिए ।
मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–१ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेका छन् ।
सोमबार बेलुका धान काटेर घर फर्कने क्रममा उनिहरुलाई अरिङ्गालले टोकेको थियो । त्यसपछि उपचारका लागि श्रीनगर स्थित परोपकार अस्पतालमा लिइयो तर उपचारको क्रममा मृत्यु भयो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार गम्भीर घाइते शोभालाई कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेका हुन् । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका नवीन बस्नेतको भने श्रीनगरमा रहेको परोपकार अस्पतालमा उपचार हुँदैछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ