मान्म । कालीकोट विस्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ४ वर्षकी सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो ।
घटनामा परी ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा परी घाइते भएका तीन जना बालबालिकाको अहिले कर्णाली प्रादेशिक अस्पतालमा उपचार प्रजिअ शर्माले बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ