शुक्रबार, जेष्ठ १, २०८३

मनकामनाका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु


कान्तिपथ


पाल्पा।पाल्पाबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागी छुटेको बस आज बिहान दुर्घटना भएको छ ।

दुर्घटनामा परि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पाको रम्भा गाउँपालिका– १, हुँगीबाट छुटेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना भएको हो ।

दुर्घटनामा २४ जना घाइते भएको प्रहरी चौकी डेढ गाउँले जनाएको छ । ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेको प्रहरीको भनाई छ । दुर्घटनामा रम्भा गाउँपालिका– १ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका– ९ की ४५ वर्षीय फुलमाया विक रहेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पतालमा लगेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत