शुक्रबार, चैत्र २७, २०८२

कारको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु


कान्तिपथ


रुपन्देही । रुपन्देहीमा कारको ठक्करबाट एक बालकसहित ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ठक्कर दिँदा रुपन्देही ओमसतियाका एक शिशुसहित ३ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको ओमसतिया वडा नं ४ पननीमा आज बिहान कारको ठक्करबाट ओमसतिया –४ पननीकी १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमीला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना अन्य २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेहरूमा मृतक शिशुकी आमा २४ वर्षीया वन्दना कुर्मी र सोही स्थानकी २६ वर्षीया मञ्जु कुर्मी रहेका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवातर्फबाट परासीतर्फ गइरहेको गाडीले ठक्कर दिएर फरार भएको प्रत्यक्षदर्शीले बताए । ठक्कर दिएको गाडी र चालक अझै पक्राउ हुन नसकेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत