शुक्रबार, चैत्र २७, २०८२

काठमाडौँमा घरको पाँचौँ तलाबाट खसेर २ वर्षकी बालिकाको मृत्यु


कान्तिपथ


काठमाडौँ । बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ ।

बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो ।

घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।(फाइल तस्बिर)

यो पनि / क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको कसुरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित आज साेमवार काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेस गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसुरमा सजायको माग दाबीसहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । संहिताको दफा २१९ को उपदफा ३ (घ) मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ ।

लामिछानेविरुद्ध गएको भदौ २१ गते १७ वर्षकी एक किशोरीले जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएकोमा प्रहरीले उनलाई २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत