काठमाडौंको कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट तीनजना घाइते भएका छन्। कोटेश्वरस्थित भाटभटेनी नजिकै बुधबार साँझ मोटरसाइकलको ठक्करबाट तीनजना घाइते भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश ०२ ०१६ प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुरको गाइघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र दुई वर्षीय दिपसन बराललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ। मोटरसाइकलसहित चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिइसकेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ