शुक्रबार, चैत्र २७, २०८२

झापामा दुना–टपरी उद्योगमा आगलागी : दुई करोड बढीको क्षति


कान्तिपथ


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

भद्रपुर, झापा I झापाको मेचीनगर नगरपालिका–९ बालुवाटारस्थित एक दुना–टपरी उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुपारीको पातबाट दुना टपरी बनाउने लिप प्लस प्रालिमा हिजो राति आगलागी हुँदा मेशिन, औजार र तयारी सामान जलेर नष्ट भएको छ । उद्योगमामा मध्यरातमा लागेको आगो दुइृ घण्टापछि नियन्त्रणमा आएको डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय धुलाबारी, स्थानीयवासी, मेचीनगर, कमल, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

उद्योगमा विदेश निर्यातका लागि ठूलो परिमाणमा दुना–टपरी तयार गरी राखिएकोले क्षति बढी भएको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत