शुक्रबार, चैत्र २७, २०८२

हात्तिसुडे जाँदै गरेको बाईक बकैयामा दुर्घटना : लामाको निधन


कान्तिपथ


मकवानपुरको बकैया गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मंगलवार राती एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया-५ श्रीपुरका २८ वर्षीय श्याम लामा रहेको बकैयाका स्थानीय विकास खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार धरान चतरा सडकखण्ड अन्तर्गत बकैया-५ हात्तिसुडे श्रीपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३०१८ प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते भएका लामालाई उपचारको क्रममा हेटौंडा-११ स्थित चुरेहिल अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत