शुक्रबार, चैत्र २७, २०८२

धनगढीमा ग्रेडरले कुल्चिदा विधार्थीकाे मृत्युपछि प्रदर्शन


कान्तिपथ


धनगढी I कैलालीको धनगढीमा ग्रेडरले कुल्चिदा (किच्दा) एक छात्राको मृत्यु भएको छ । 

धनगढी उपमहानगरपालिका ५ हसनपुरमा ना १ क ९७५ नं को ग्रेडरले कुल्चिदा १५ बर्षिया चेतना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव डिएसपी बेदप्रकाश जोशीले बताउनु भयो । धनगढी तारानगर बस्ने साउद पञ्चोदय मावि कक्षा ८ मा अध्यनरत विधार्थी हुन् । आज विहान स्कुल जाँदै गरेकी उनलाई ग्रेडरले किचेको प्रत्यक्षदर्शीको भनाई छ । 

सडक लेवल मिलाउदै ग्रेडर ब्याक गर्ने क्रममा साईकलमा रहेकी चेतनालाई कुल्चिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  सहपाठीको मृत्युपछि आक्रोसित भएका विधार्थीहरुले प्रदर्शन गर्दै हसनपुर (पिपलचौतरा) सडकखण्ड अवरुद्ध गरेका छन् । घटनास्थलमा ठुलो सख्यामा प्रहरी परिचालन गरिएको र ग्रेडर तथा चालकलाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत