धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान ४ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्र बजारमा दुर्घटना भएको हो।
बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनमा तीन महिला, एक बालक र एक जना पुरुष रहेको धनुषाका प्रहरी प्रमुख बसन्त रजौरियाले जानकारी दिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ