शुक्रबार, चैत्र २७, २०८२

अर्घाखाँचीमा कार दुर्घटना : पाँच जना घाइते, तीनको अवस्था गम्भीर


कान्तिपथ


अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा कारमा सवार पाँच जना घाइते भएका छन् । 

तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गरेर फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै ग३च १५७९ नम्बरको कार दुर्घटना हुँदा पाँच जना घाइते भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

कार सडकबाट करिब २५ मिटर तल सुपाखोलामा पुगेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत