कीर्तिपुरमा मोडर्न इन्डियन स्कुलको बसले ठक्कर दिंदा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । स्कुलको ना १ क १६१२ नम्बरको बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो । बस चालक मनजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता राजेन्द्रप्रसाद भट्टले उपचारका क्रममा बयोधा अस्पतालमा उनकाे मृत्यु भएको बताए । रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । उनले चलाएको वाग्मती एएए २९०८ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ