सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ४२ लाख बढीको क्षति भएको छ ।
थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा ४२ लाख ८० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुर राईको घरको भान्सा कोठाबाट सुरु भएको आगलागीमा भक्तबहादुर र सँगै रहेको नौधनका घर जलेका हुन् ।
ढुङ्गा माटोले बनेको र टिनको छानो भएको राई द्वयको दुई/दुई तले घरमा रहेका सबै धनमाल जलेर नष्ट हुँदा भक्त बहादुरको ३१ लाख र नौधनको ११ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ