शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • टिपरको ठक्करले किशोरीको मृत्युपछि राजमार्गको रुपनी खण्ड तनावग्रस्त, (फोटोफिचर)

टिपरको ठक्करले किशोरीको मृत्युपछि राजमार्गको रुपनी खण्ड तनावग्रस्त, (फोटोफिचर)


कान्तिपथ


सप्तरी । सप्तरीको रुपनीमा टिपरको ठक्करले किशोरीको मृत्यु भएपछि त्यहाँको स्थिति तनावपूर्ण बनेको छ ।

रुपनी गाउँपालिका १ बस्ने शङ्कर यादवको १२ वर्षीया छोरी रिता कुमारी यादवलाई ना १ ख ८५४२ नम्बरको टिपरले आज बिहान करिब १० बजे ठक्कर दिँदा मृत्यु भएपछि उनका आफन्त, स्थानीय र विद्यार्थीहरूले पूर्व पश्चिम राजमार्गको रुपनीमा अवरुद्ध गरेका हुन् ।

राजमार्गमा नै किशोरीको शव राखेर उनका आफन्त र विद्यार्थीहरूले चक्काजाम नै गर्न थालेपछि भिडलाई तितरबितर पार्न र स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्याँस, हवाई फायर र रबरको गोली समेत चलाउनु परेको सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

मृतक रिता श्री क.न.मा.वि. रायपुरको कक्षा ६ मा अध्ययनरत छात्रा थिइन ।

सोही अवरोधकै कारण पूर्व–पश्चिम राजमार्ग र राजविराजका केही सडक खण्ड अवरुद्ध भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत