शुक्रबार, चैत्र २७, २०८२

विना गाइड पदयात्रामा हिँडेका कोरियाली पर्यटकको मृत्यु


कान्तिपथ


काठमाडौँ, पुस १६ गते । गाइड विना सगरमाथा आधार शिविर क्षेत्रको पदयात्रामा हिँडेका एक कोरियाली पर्यटकको मृत्यु भएको छ । पदयात्राका क्रममा ४०४० मिटर उचाइको साम्रे गाउँमा हाइअल्टिच्युट पचाउन नसकी बिरामी भएका कोरियाली पर्यटक ली म्युङकपको  बुधवार मृत्यु भएको हो ।

बिरामी भएपछि लुक्लामा उपचारका लागि ल्याइए पनि उहाँको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साम्रे गाउँस्थित फ्रेन्डसिप लजमा बास बसेका क्रममा बिरामी परेका थिए । ४६ वर्षीय ली गाइड विना नै पदयात्रामा गएका थिए । 

सरकारले प्रत्येक पर्यटक गाइड विना पदयात्रामा जान नपाउने र टिम्सको अनुमती समेत नपाउने कानुनी व्यवस्था छ । तर यसको कार्यान्वयन नहुँदा पर्यटकहरूको मृत्यु हुने गरेकाले नेपालको पर्यटन क्षेत्रमा गलत सन्देश पुग्ने गरेको नेपाल पर्यटन बोर्डका सदस्य ङावा ङिमा शेर्पाले बताउनुभयो । कानुनी व्यवस्थालाई कडाइका साथ तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँ सुझाव छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत