शनिबार, अशोज १३, २०८०
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • अग्नि साँची राखेर सात जुनी साथ दिन्छु भनि १२ वर्ष अघि खाएको कसम पूरा गर्न सकेनन् भन्दै भक्कानिन्छिन निराकारकी श्रीमती !

अग्नि साँची राखेर सात जुनी साथ दिन्छु भनि १२ वर्ष अघि खाएको कसम पूरा गर्न सकेनन् भन्दै भक्कानिन्छिन निराकारकी श्रीमती !


कान्तिपथ


कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका-१ का निराकर पाण्डे फसेका थिए।

त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए। त्यसपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो। होटलमा आगलागी हुँदा २६ जनाको मृत्यु समेत भएको थियो ।

निराकारले होटलको १२ औ तलाबाट तलको दृश्य मोबाइलमा देखाएका थिए भिडिओमा हेर्दा तल एम्बुलेन्स देखिन्थ्यो। प्रहरी र सर्वसाधारणको भीड थियो । तर दमकलले तीन तलाभन्दा माथिको आगोमा पानी हाल्न नसकेको दाई निरजले बताए। भिडियो कलमा उनले आफ्नो छोरालाई भनेका थिए, ‘सानु, मेरो आँखाको

नानी बाबु म तिमीलाई धेरै माया गर्छु है। बाबा अल्वेज लभ्स यू। आगलागी भएको चार घन्टासम्म पनि निराकारको उद्धार हुन नसकेकामा दाई निरज दुखी छन्। उनका अनुसार उक्त भवनमा सन् २०१९ मा पनि आगो लागेको थियो । निराजनले आगो लागेपछि नियन्त्रणमा आउला भन्ने सोचेका थिए। त्यसैले आगलागी सुरू भएको डेढ घन्टापछि मात्र परिवारलाई खबर गरेका थिए।

हाल पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको छ। आगलागी भएका बेला भवनको १२ औं तलामा रहेका उनले त्यहाँबाट हाल हाल्नुअघि आफ्नो परिवारलाई भिडियो कल गरेका थिए।

जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ। बीबीसीका अनुसर उक्त क्यासिनोमा ४०० जना कार्यरत थिए भने आगलागी भएपछि भवनबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत