बिहिबार, चैत्र ६, २०८१

दुर्घटनामा स्कुटर चालकको मृत्यु


कान्तिपथ


तनहुँ, पुस १६ गते। पृथ्वीराजमार्गमा पर्ने तनहुँको बन्दिपुर गाउँपालिका–५ याम्पामा शनिबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

स्कुटरका चालक भानु नगरपालिका-१३ को सम्मजुर बस्ने ३२ वर्षीय शेख महमद रखिम मियाँको मृत्यु भएको हो।

पोखराबाट काठमाडौं जाँदै गरेको प्र नं ३-०१-००६ ख ०९२४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटर ठक्कर खाँदा चालक मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। 

दुर्घटनामा घाइते मियाँको उपचारको क्रममा शनिबार दिउँसो दमौली अस्पतालमा मृत्यु भएको हो। 

बस चालक जिल्ला सिन्धुली गोलञ्जोर गाउँपालिका वडा नम्बर ४ बस्ने ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत