आइतवार, असार २९, २०८२

सिक्लेस: आगलागीमा पूर्व वडाध्यक्षको मृत्यु, २ घर जलेर नष्ट


कान्तिपथ


पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । घर जल्दा पूर्व  वडाध्यक्षको मृत्यु भएको छ ।

मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरज कुमार गुरुङको आगोले जलेर मृत्यु भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

आइतबार राति पौने ९ बजे आगलागी हुँदा गुरुङ घरभित्रै रहेका र घरसँगै जलेर उनको मृत्यु भएको बताइएको छ । तर, आगलागीको समयमा घरबाट निस्किन सक्ने अवस्था भएपनि उनी भित्रै रहनुमा रहस्यमय हुन सक्ने आशंका गरिएको छ । गुरुङको घर ढुंगामाटो र टिनको छानाले छाइएको थियो ।

आगलागीमा नजिकै रहेको टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रूपमा नष्ट भएको छ ।

घरमा रहेका अन्नपातदेखि सबै कुरा जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले बताए । आगलागीको कारण भने अझै खुलेको छैन ।

आगो करिब ११ बजे स्थानीय भेला भएर निभाएका हुन् । क्षतिको विवरण आएको छैन ।

मृतक गुरुङ २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत