शुक्रबार, चैत्र २७, २०८२

जङ्गली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु


कान्तिपथ


भद्रपुर, झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा एकजना महिलाको मृत्यु भएको छ ।

गएराति झापाको शिवसताक्षी–११ की ६१ वर्षीया कृष्णमाया भण्डारीले हात्तीको आक्रमणमा ज्यान गुमाएकी हुन् । राति २ बजे आएको हात्तीले आक्रमण गर्दा भण्डारीका श्रीमान् शान्तिराम गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको स्थानीय प्रेम भण्डारीले जानकारी दिनुभयो ।

हात्तीले घर भत्काउन थालेपछि भण्डारी परिवार भाग्ने अवस्थामा पुगेको थियो । सोही बेला हात्तीले आक्रमण गरेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत