शुक्रबार, चैत्र २७, २०८२

पाँचथरको फिदिममा आगलागी हुँदा नन्द-भाउजु जले


कान्तिपथ


पाँचथर जिल्लाको फिदिम नगरपालिका –८ घुमाउनेटारमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको । त्यस्तै दुईजना घाइते भएका छन् ।

मंगलबार राति स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा मेघराजका २२ वर्षीया छोरी ममता गुरुङ र बुहारी २३ वर्षीया आसाङसिं थेवे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यस्तै घाइते हुनेमा मेघबहादुर र उनका छोरा वीरेन्द्र रहेका छन् । उनीहरुको अवस्था सामान्य छ ।

प्रहरीका अनुसार विद्युत सट हुँदा आगलागी भएको हो । आगलागीबाट मेघबहादुरको घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत