शुक्रबार, चैत्र २७, २०८२

पाँचथरमा आगोमा जलेर २ जनाको मृत्यु


कान्तिपथ


फिदिम। पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । आगलागीमा परि मेघबहादुर सहित दुई जना घाइते हुनु भएको छ ।

ज्यान गुमाउनेमा मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा विजेन्द्र गुरुङ घाइते हुनु भएको छ । घाइतेको अवस्था सामान्य छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरि खतिवडाका अनुसार सो घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भागेर ज्यान बचाउन सफल भएका छन् । खतिवडाका अनुसार आगलागीबाट घर पूर्ण क्षति भएको छ भने आगलागीको कारण खुलेको छैन । आगलागी रातको १:३० बजे सुरु भएको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डिएसपी खतिवडा नेतृत्वको टोली सहित दमकल समेत पुगेको थियो । घटनामा ५० लाख रुपैंयाभन्दा बढीको आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत