सोमवार, बैशाख १५, २०८२

भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु


कान्तिपथ


टीकापुर कैलाली। भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु भएको छ । भारतको गुजरातबाट टीकापुर आइरहेको बस लखनउ र कानपुरको बिच उन्नाउमा दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा टीकापुर व्यवसाय क्षेत्रका चन्द्र साउँद, ज्योतिनगरका ललित साउँद रहेका छन् । अर्का एक जनाको सनाखत हुन सकेको छैन । अर्का मृत्यु हुने भारतीय नागरिक रहेका बताइएको छ ।

अन्य दुई दर्जन जति घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको घटना स्थलमा रहेकाहरूलाई उदृत गर्दै टीकापुरका भूपेन्द्र साउँदले जानकारी दिनुभयो ।

भारतमा केही दिनयता लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कमजोर भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनाको थप विवरण आउन बाँकी नै छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत