शुक्रबार, चैत्र २७, २०८२

चितुवाको आक्रमणबाट १७ वटा बाख्रा मरे


कान्तिपथ


दाङ- दाङमा एक किसानले पालेका १७ वटा बाख्रा चितुवाको आक्रमणबाट मरेका छन् । लमही नगरपालिका–१ निवासी बसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रा मध्ये १७ वटा बाख्रा चितुवाको आक्रमणबाट मरेका हुन् ।

एकै खोरमा बाँधेका बाख्रा चितुवाको आक्रमणबाट मर्दा किसानलाई ठूलो आर्थिक क्षति भएको छ । किसानले बाख्राको क्षतिपूर्तिको माग गरेका छन् । त्यस क्षेत्रमा वन्यजन्तुको त्रास रहेको स्थानीयले बताएका छन् ।-



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत