टर्कीमा सोमबार फेरि शक्तिशाली भूकम्प गएको छ। सोमबार गएको भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने ६८० भन्दा बढी घाइते भएका छन्।
६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। सिरिया र टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ। टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८ः४४ मा भूकम्प गएको जनाएको छ।
यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ