शुक्रबार, चैत्र २७, २०८२

सप्तरीको बोदे बर्साइनमा आगलागी, लाखौंको क्षति


कान्तिपथ


सप्तरी- सप्तरीको बोदे बर्साइन नगरपालिकामा भएको आगलागीमा लाखौंको क्षति भएको छ । नगरपालिकाको वडा नम्बर १० खडकपुमा बिहीबार अचानक आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

स्थानीय पलनु यादवको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उहाँको घरसहित गोहालु यादव, उमेश यादव र बिरेन्द्र यादवको घर जलेको छ । हावा चलेको बेला आगो सल्केकाले छोटो समयमै चार घर खरानी बनाएको पीडितहरुले बताएका छन् ।

आगलागीमा परी ती व्यक्तिहरुको घर र घरभत्रका सम्पूर्ण सामान जल्दा २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगोलाई स्थानीय बासिन्दा, प्रहरी तथा शम्भुनाथ र राजविराज नगरपालिकाको बारुण यन्त्रको सहयोगमा निभाइएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत