शुक्रबार, चैत्र २७, २०८२

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना: ५ जनाको मृत्यु


कान्तिपथ


ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस आज बिहान सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

सिन्धुली जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिले उद्धार जारी छ। मृतक तथा घाइतेको नाम खुलेको छैन।

बा २ ख ६५९६ नम्बरको बसर बिहान सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ मा कुहिभिर भन्ने ठाउँमा आज बिहान दुर्घटना भएको हो।

अहिलेसम्म उक्त बसमा जम्मा २९ यात्रु रहेको बुझिएको प्रहरीले जानकारी दिएको छ। सडकको भित्तामा ठोक्किएर बस दुर्घटनामा परेको हो।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत