गुल्मी- गुल्मीमा जंगलमा लागेको आगो बस्तीमा पुग्दा चार गोठ जलेर नष्ट भएका छन् भने एक जना घाइते भएका छन् ।
जिल्लाको छत्रकोट वडानम्बर २ ग्वाघा रानिवनबाट लागेको लागो निभाउने क्रममा ७१ वर्षका सूर्य बहादुर रजाली घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रष्ठले बताउनुभयो ।
आगलागिमा परेर हात खुट्टा जलेर घाइते रजालीको श्रृङ्गा प्रथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । आगलागीबाट जिल्ला गुल्मी छत्रकोट गाउँपालिका वडानम्बर २ डाङ्ग्रेँ वस्ने खिमा रजालिको टिनको छानाले बनेको कच्चि गोठ जलेर पुर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोहि ठाउँका दुर्गा बहादुर रजालि, रुप बलाल र कुलबहादुर रजालीका गोठ पनि जलेर नष्ट भएको छ । साथै गोठमा बाँधेको एउटा बाख्रा पनि जलेर मरेको छ ।
जंगलमा लागेको आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीय जनप्रनिधि लगायतले नियन्त्रणमा लिने काम भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ