बुधबार, असार २५, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • इलोन मस्कको कम्पनीले निर्माण गरेको अहिलेसम्मकै ठुलो शक्तिशाली रकेट पहिलो उडानमै विस्फोट

इलोन मस्कको कम्पनीले निर्माण गरेको अहिलेसम्मकै ठुलो शक्तिशाली रकेट पहिलो उडानमै विस्फोट


कान्तिपथ


इलोन मस्कको स्पेसएक्स कम्पनीको विशाल नयाँ रकेट स्टारसिप आफ्नो पहिलो उडानमै विस्फोट भएको छ । पहिलो उडान मानवरहित भएका कारण विष्फोटबाट कोही पनि हताहती भएनन् ।

रकेट स्थानीय समय अनुसार बिहीबार विहान टेक्ससको पूर्वी तटबाट उडेको थियो । अहिलेसम्मकै सबैभन्दा ठूलो सो रकेट उडान भएको दुईदेखि तीन मिनेटमा नियन्त्रण बाहिर गई टुक्रा टुक्रा भएर खस्न थालेको थियो ।

विश्वकै सबैभन्दा ठूलो रकेट बनाएका मस्कले आफ्नो कम्पनीले केही महिना पछि पुनः अर्को रकेट बनाउने बताएका छन् । स्पेटएक्सका इन्जिनियरहरु हिजो विष्फोट भएको मिसनलाई असफल मान्न तयार छैनन् ।

उनीहरु प्रारम्भिक परीक्षण गर्न जहिले पनि मन पराउने र चिजहरु तोड्न डराउँदैनन् । पहिलो उडानका क्रममा संकलन भएको तथ्यांकले दोस्रो स्टारसिप उडान लिन तयार भएको इन्जिनियरहरुले बताएका छन् ।

स्पेसएक्स मालिक मस्कले ट्वीट गर्दै स्टारसिपको परीक्षण प्रक्षेपणका सहभागी टोलीलाई बधाई दिंदै अर्को प्रक्षेपणका लागि धेरै कुरा सिकिएको बताउनु भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत