शुक्रबार, चैत्र २७, २०८२

दार्चुलामा हिमपहिरो : पाँचजना वेपत्ता


कान्तिपथ


दार्चुला- दार्चुलाको व्याँस गाउँपालिका–१ को भोलिङमा हिमपहिरो जाँदा पाँच जना वेपत्ता भएका छन् । यार्सागुम्बा टिप्न गएका १२ जनामध्ये पाँच जना हिमपहिरोमा परी बेपत्ता भएको छाङरुस्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मले जनाएको छ ।

यार्सा संकलक त्रिपाल टागेर बसेका बेला हिमपहिरो खसेको बताइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका डिएसपी ईश्वरी दत्त भट्टका अनुसार त्यहाँ बसेका १२ जना यार्सा संकलकमध्ये सात जना सकुशल रहेका छन् ।

बेपत्ता हुनेहरुमा डोटीको बुडरका र दार्चुलाका गरी पाँच जना रहेको उहाँले बताउनुभयो । अहिले घटनास्थलमा सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी खटिएको छ । सो क्षेत्रमा हिमपात भइरहेकाले बेपत्ताहरुको खोजीमा समस्या भइरहेको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत