पाँचथर- पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका वडा नम्बर-१ लाक्सेबुङस्थित एक घरमा आगोलागी हुँदा एकजनाको मृत्यु भएको छ ।
लाक्सेबुङ जंगलमा लागेको आगो स्थानीय प्रेम नेम्वाङको घरमा फैलिएर आगो लाग्दा ३२ बर्षिय मन कुमार नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगोलागिबाट प्रेम नेम्वाङको दुईतले घर जलेर नष्ट भएको छ । आगोलागीले निजकै छोरा शारीरिक अपाङ्ग मन कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ