राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जापानमा प्रवासी नेपाली सम्पर्क विभागको भेला सम्पन्न भएको छ ।
प्रवासी नेपाली सम्पर्क विभाग जापानका उपसभापति समिरजंग खड्काको सभापतित्वमा भेला सम्पन्न भएको हो । भेलाको संचालन महामन्त्री खेम राज पौडेलले गरेका थिए ।
तोहोकु (सेन्दाइ) क्षेत्रिय भेलाबाट प्रकाश खतिवडाको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
कार्यक्रममा सेन्दाई,आओमोरि,आकिता, इवाते, यामागाता, मियागि, फ़ूकूशीमा,आइजु क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको भब्य उपस्थिति रहेको प्रवास नेपाली सम्पर्क विभाग जापान तोहोकु (सेन्दाइ) का क्षेत्रीय महामन्त्री राजेश खनालले बताए ।
भेलामा गैरआवासीय नेपाली संघ सेन्दाइका संयोजक हरिगोपाल श्रेष्ठ र विभिन्न पार्टी, संघसंस्था र अन्य संस्थाको प्रतिनिधित्व थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ