बुधबार, बैशाख २, २०८३

कोरियाबाट फर्किएका युवा विमानस्थलमा ४४ हजार ठगिए : झोलाको सामान हरायो !


कान्तिपथ


वैदेशिक रोजगारीबाट फर्किएका एक नागरिकले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू ठगिएको गुनासो गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समस्या सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

‘दामु दाइ’ नामको ट्विटर ह्यान्डलबाट प्रमाणसहित आफू ठगिएको तथा लगेजका सामान हराएको जानकारी गराएपछि मन्त्री किराँतीले न्याय दिलाउने प्रतिबद्धता जनाएका हुन्। यसका लागि आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले उल्लेख गरेका छन्।

‘दामु दाइ’ नामको ट्विटर ह्यान्डलमा पैसा तथा कागजातसहित लेखिएको छ, ‘धन्यवाद नेपाल सरकार अनि त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट! मैले ६ वर्ष कोरियामा कमाएको पैसा एकपटक पनि हुन्डी नगरी नेपाललाई रेमिट्यान्स पठाएको सम्मानस्वरूप २ ओटा मोबाइल ल्याएबापत नेरु ४४७३४ लिएको छ र मेरो लगेजमा ल्याएको सामानमध्ये २५ प्रतिशत सामान मेरो लगेजबाट हराएको छ र पटकपटक एयरपोर्ट जाँदा सीसी टीभी हेर्दिन आग्रह गर्दा राम्रो कुरासमेत नगरेको कुराले मजस्ता वैदेशिक रोजगारीमा गएका सम्पूर्ण नेपालीहरू अत्यन्तै दुःखी भएको र हुने कुरा सम्बन्धित ठाउँसम्म पुर्‍याइदिनु हुन हार्दिक अनुरोध गर्दछु।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत