शुक्रबार, चैत्र २७, २०८२

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु, एक घाइते


कान्तिपथ


सल्यान । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको बिद्युतको पोल सर्पोटको लाछी छेउमा गाडिएको तार)(स्टे) मा छोइँदा करेन्ट लागेर २ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक २ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १८, २० जना सवार रहेकोमा २ जनाको मृत्यु र एक जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेको छन् ।

घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत