शुक्रबार, चैत्र २७, २०८२

यी हुन् दुघर्टनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार यात्रुहरु


कान्तिपथ


काठमाडौं,२६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९-एनए एमभी कलसाइन भएको मनाङ एयरको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भएको छ ।

विहानदेखि सम्पर्कविहीन उक्त हेलिकोप्टर चिहानडाँडामा दुर्घटनाग्रस्त भएको लिखुपपिके ५ का वडा अध्यक्ष ङिमा छिरी लामाले पुष्टि गरेका छन् ।

सोमबार काठमाडौबाट लुक्ला पुगेका उनिहरू एकदिन लुक्लामा बसेर आज काठमाडौं फर्कदै थिए । मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । भने ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए ।

यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । थप विवरण आउन बाँकी रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत