शुक्रबार, चैत्र २७, २०८२

दोलखामा पहिरो, एक जनाको मृत्यु, तीन जना बेपत्ता, तीन जना घाइते


कान्तिपथ


दोलखा- दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-८ मा गएको पहिरोको कारण एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

गएराती नौ बजेको अविरल बर्षासँगै आएको पहिरोले गाउँपलिका-८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तिमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले बताउनुभयो ।

पहिरोले गाउँपालिका -७ का हरिलाल श्रेष्ठ, कृष्ण बहादुर मगर र उहाकी श्रीमती र यज्ञ बहादुर थामिको १५ महिनाको नाति रहेको उहाँले बताउनुभयो ।

थामिको १५ महिनाको नातिको मृत्यु भएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।पहिरोमा परि ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत