मिति २०८०।०५।१७ गते आइतबार बिहान अन्दाजी ०७:३० बजेको समयमा काठमाण्डौ वडा नं ३२ पेप्सीकोला छाप्रो स्थित सडकखण्डमा जडिबुटी देखी पेप्सिकोला तर्फ आउदै गरेको क्षेत्रिय उपत्यका बस व्यवसाय संघको बा३ख ४८४८ नम्बरको बसले ठिक विपरीत दिशा तर्फबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिएर दुर्घटना भएको छ।
दुई सवारी वाहन एक आपसमा ठोकिदा बा.प्र.०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको FZ मो.सा सहित ठोकिई दुर्घटनामा परेका छन् ।
काठमाडौँ परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले दिनु भएको जानकारी अनुसार सवारी दुर्घटनावाट हाल सम्म जम्मा १४ जना घाईते भई घाईते मध्ये पेप्सिकोला स्थित मदल्यान्ड अस्पतालमा ८ जना पुरुष र नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा ६ जना मध्ये ४ जना महिला २ जना पुरुष घाईते भई उपचार भई रहेको छ ।
बस चालक रामेछाप लिखुतामाकोशी गा.पा.वडा नं. ०२ घर भई हाल का.जि. पेप्सिकोला बस्ने बर्ष २४ को जनक राउतलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अघि बढाईएको छ ।
प्रहरी उपरीक्षक कुमोद ढुंगेलका अनुसार खबर प्राप्त भएको समय (बिहान ०७;३० बजे) को केहि समयमै (०७;३५ बजे) प्र.स.नि. रविचन्द्र कालिका पुडासैनीको नेतृत्वमा ४ जना प्रहरी घटनास्थल पुगेको र थप मद्धतको लागि प्र.नि श्याम कुमार कटवालको नेतृत्वमा थप ७ जना गरी जम्मा ११ जना खटिईएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ