बिहिबार, मंसिर १४, २०८०

तुइनबाट खसेर एक जना बेपत्ता


कान्तिपथ


हुम्ला- तुइन तर्ने क्रममा खसेर हुम्लामा एक जना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका-३ स्थित लेप्चेघाटमा मुगुका ३८ वर्षिय मकरसिह नेपाली तुइनबाट खसेर बेपत्ता भएका हुन् ।

हिजो साँझ ६ बजेरतिर तुइनबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

कर्णाली करिडोर अन्तरगत छारे-सुनाखाडा काम गर्न उनी मुगुबाट हुम्ला गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । बेपत्ता नेपालीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत