बिहिबार, मंसिर १४, २०८०

इजरायलबाट विद्यार्थीलाई लिएर नेपाल एयरलाइन्सको विमान ९ बजे आईपुग्ने


कान्तिपथ


इजरायलमा रहेका विद्यार्थी लिन गएको नेपाल एयरलाइन्सको विमान आजै राति स्वदेश फर्कने भएको छ । सो विमान बिहीबार बिहान ४ बजे दुबईबाट इजरायलतर्फ प्रस्थान गरेको छ । बिहीबारै बिहान साढे दुई बजे विमान काठमाडौंबाट दुबईतर्फ गएको थियो ।

उक्त विमान स्थानीय समयानुसार बिहान ११ (नेपाली समय १ः४५) बजे इजरायलमा अवतरण गर्नेछ । त्यसपछि विद्यार्थीलाई लिएर विमान नेपाल फर्कनेछ ।

तय गरिएको समयानुसार त्यहाँबाट विमान उडेमा बिहीबार राति करिब ९ बजे काठमाडौंमा अवतरण गर्ने नेपाल एयरलाइन्स स्रोतले बतायो ।स्रोतका अनुसार विद्यार्थी लिन ९एन–एएलजेट कलसाइन भएको वाइडबडी विमान त्यसतर्फ गएको छ ।

विद्यार्थीलाई उद्धार गरी स्वदेश ल्याउन परराष्ट्रमन्त्री एनपी साउद पनि सोही विमानमार्फत इजरायलतर्फ गएका छन् । उनी विद्यार्थीसँगै फर्कनेछन् ।

स्वदेश फर्कन आफूहरू इजरायलको तेल अभिभ विमानस्थलमा पुगिसकेको विद्यार्थी सुरज भण्डारीले फेसबुकमार्फत जानकारी गराएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत