शुक्रबार, मंसिर १५, २०८०

जाजरकोटमा शक्तिशाली भुकम्प : उपमेयरसहित दर्जनौंको मृत्यु


कान्तिपथ


शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ५० जनाको मृत्यु भएको छ। भूकम्पले संरचना भत्किँदा सयौँ घाइते भएका छन्।

भुइँचालोले जाजरकोट र रुकुम पश्चिममा धेरै मानवीय र भौतिक क्षति गरेको छ। अहिलेसम्म दुई जिल्लामा गरेर कम्तिमा ५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि भूकम्पमा परेर मृत्यु भएको छ।

सदरमुकाम खलंगास्थित घरमा सु सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।

भूकम्पपछि धेरै सडकमा सुख्खा पहिरोले बाटो अवररुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

भूकम्पमा परेर रुकुमको आठविसकोट नगरपालिकामा मा मात्रै कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रुकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अहिलेसम्म जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भूकम्पले धेरै संरचना ध्वस्त बनाएको बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत