राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आइतबार बिहान १०ः३५ सम्म जाजरकोटमा ३११ वटा परकम्प भएको जनाएको छ।
केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले साना ठुला गरेर आज बिहान १०ः३५ बजेसम्म ३ सय ११ वटा परकम्प भएको जानकारी दिएका हुन।
जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि लगातार ३ वटा ठुला झडकाहरु गएका थिए।
केन्द्रका अनुसार शुक्रवार राति ४ पटक क्रमशः ६.४, ४.५, ४.२, ४. ३ म्याग्निच्युडको भूकम्प र परकम्प गएको थियो। पहिलो भूकम्पपछि जाजरकोटमा परकम्प जाने क्रम जारी छ।