मङ्लबार, माघ ८, २०८१

भुकम्प पिडितले अस्थायी आवास बनाउन ५० हजार पाउने


कान्तिपथ


सरकारले भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा घर भत्केकाहरुलाई तत्काल ५० हजार रुपैयाँ दिने भएको छ ।

कात्तिक १७ गएको भूकम्पबाट पूर्ण रूपमा घर भत्किएकाहरूलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार रुपैयाँ दिन लागेको हो ।

गृह मन्त्रालयको विपद् न्यूनीकरण समितिको आइतरबार बसेको बैठकले अस्थायी आवास बनाउन प्रतिपरिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । समितिले उक्त रकम दुई किस्तामा उपलब्ध गराउने जनाएको छ ।

भूकम्पका कारण जाजरकोट र रूकुम पश्चिममा २६ हजार पाँच सय ५७ घरमा पूर्ण रूपमा क्षति भएको छ भने ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति पुगेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत