बुधबार, फाल्गुन ९, २०८०

हमासले छाड्यो थप १७ बन्धक: विपिन कहिले छुट्लान ?


कान्तिपथ


हमासले थप १७ जना बन्धकलाई रिहा गरेको छ। जसमध्ये १३ जना इजरायली र चार जना थाई नागरिक छन्।

यसको सट्टामा इजरायलले पनि आफ्ना जेलमा रहेका ३९ जना प्यालेस्टिनीलाई छाडेको छ। जसमध्ये ६ जना महिला छन् भने बाँकी सबै १८ वर्ष मुनिका छन्।

बीबीसीका अनुसार उनीहरू वेस्ट बैंक र जेरुसेलम पुगेका छन्। टीभीले उनीहरूलाई वेस्ट बैंकको बेतुनिया सहरतर्फ बसमा लगिएको देखाएका छन्। यी मानिस उत्सव मनाउँदै बसबाट ओर्लिरहेको देखिएको छ।

कतारको मध्यस्थतामा स्थानीय समयानुसार शुक्रबार बिहानदेखि चार दिनका लागि हमास र इजरायलबीच युद्धविराम भएको छ।

यस अवधिमा दुवै पक्षले एकअर्काको नियन्त्रणमा रहेका नागरिक रिहा गर्ने सहमति छ। सो बमोजिम उनीहरू रिहा भइरहेका हुन्।

यसैबीच हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ। तर अहिलेसम्म यस विषयमा कुनै प्रगति हुन सकेको छैन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत