सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अप्ठेरोमा पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुने भएको छ ।
अधिवक्ता सविन पोख्रेलले सरकारले विज्ञापन बोर्डमार्फत व्यावसायीलाई काम गरी खाने वातावरणमा अंकुश लगाउन खोजेको भन्दै शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । जसको सुनवाइ आज हुन लागेको हो ।
आइतबार तोकिएको सुनुवाइमा इजलासबाट हेर्न नभ्याइएका कारण आजका लागि तोकिएको हो ।
अधिवक्ता पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सार्वजनिक खरिद अनुगमनको कार्यालय, विज्ञापन बोर्ड तथा बोर्डका अध्यक्षलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
रिटमा विज्ञापन (नियमन गर्ने) पहिलो संशोधन नियमावली २०८० र विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०८० हाललाई लागू नगर्न/नगराउन भन्दै अन्तरिम आदेशको माग गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ