शुक्रबार, चैत्र २७, २०८२

बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० भन्दा बढी यात्रु घाइते


कान्तिपथ


दाङ- दाङमा बस दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन् । बर्दियाबाट चखौरा अवलोकन भ्रमणमा जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङ् नजिक ब्रेक फेल भएर दुर्घटना भएको हो ।

घाइतेहरु खतरामुक्त रहेको र उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

बर्दियाको बढैयाताल गाउँपालिका-६ को कृषक समूहका सदस्य दाङ भ्रमणमा आउँदै गरेका थिए । बसमा ४०/४५ जना सवार रहेको र केही घाइतेहरुलाइ उपचारको लागि बाँके लगिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत