बिहिबार, बैशाख ३, २०८३

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्र मन्त्रालय


कान्तिपथ


काठमाडौँ । नेपाल सरकारले बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको छ ।

आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उनीहरूको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको हो ।

‘बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ,‘हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत