शनिबार, साउन ३, २०८२

उपसभामुख इन्दिराविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी


कान्तिपथ


काठमाडौं । अमेरिकाको भिसा सिफारिस गरेपछि विवादमा तानिएकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।

उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताए ।

उनले उपसभामुख रानामगरसमेत उपस्थित भएको संसद्‌को कार्य व्यवस्था परामर्श समितिमा यसबारे सभामुखसँग छलफल गरेको उल्लेख गरे । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएपछि उनी विवादमा परेकी छन् ।

याे पनि..

संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई भिसाको अन्तर्वार्ता मिति छिटो दिन काठमाडौँस्थित अमेरिकी दुताबासलाई पत्र लेखेकी थिइन् ।

यो विषय राष्ट्रिय स्वतन्त्र पार्टीको शिर्ष नेतृत्वले गत बैशाखमै थाह पाएर पनि सामसुम पारिएको खुलासा भएको छ ।

भिसाका लागि नभएर अन्तर्वार्ताको डेटका लागि मात्र सिफारिस गरिएको हुँदा यो त्यति ठूलो विषय नभएको भन्दै रास्वपाका नेताहरु पन्छिरहेका छन् ।

उपसभामुख रानाले गलत नियतले पत्र नलेखेको बताएको भन्दै रास्वपाका नेताहरु पन्छिरहेको छन् ।

उपसभामुखले भिषा अन्तरवार्ता सिफारिस गर्दा आर्थिक लेनदेन भएका घटना बाहिरिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत