सोमवार, माघ २८, २०८१

पूर्व राज्यमन्त्री रायको हत्या उनकै विश्वास पात्रबाट


कान्तिपथ


काठमाडौं । जग्गा विवादका कारण पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै विश्वासपात्रबाट भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले रायको हत्यामा संलग्न रहेका २ जनालाई सार्वजनिक गर्दै हत्याको कारण पत्ता लगाएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रविन्द्र सिंहका अनुसार अभियुक्तमध्ये एक जना पूर्व राज्यमन्त्री रायको विश्वासपात्र भएको उनको राय जग्गा विवाद रहेको थियो ।

विगत १० वर्षदेखि पूर्व राज्यमन्त्री रायको घरमा भान्सा लगायत आवश्यक अन्य काम गर्दै आएका २५ वर्षीय राम उजैन रायलाई प्रयोग गरेर विरेन्द्र रायले हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिंहले राम उजैन राय र चन्द्रनगर गाउँपालिका १ का ४६ वर्षीय वीरेन्द्र रायलाई पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न रहेको जनाकारी दिए।

वीरेन्द्र राय र पूर्व राज्यमन्त्रीबिच जग्गाको विवाद रहेको तथा वीरेन्द्र रायले नै हत्या गर्न दुई लाख दिने प्रलोभन दिएका थिए ।

वीरेन्द्र रायको उक्साहटमा राम उजैन रायले गत साउन ७ गते राति पूर्व राज्यमन्त्री राय निदाइसकेको मौका छोपी फर्सा (दबिया)ले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

रामचन्द्रको हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसन्धान अधिकारीहरु खटिएका थिए । उनीहरुको अनुसन्धानबाट जग्गा विवादका कारण हत्या भएको खुलेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत