मङ्लबार, भदौ २५, २०८१

सिमलताल दुर्घटना : अध्ययन कार्यदलले गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै


कान्तिपथ


काठमाडौं । चितवनको सिमलताल पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बस र यात्रू बारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ ।

दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई कार्यदलले प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको हाे ।

गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए ।

गत असार २८ गते नारायण(मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

दुई बसमा ६५ यात्रु सवार थिए । तीन जनाले आफै ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो । अझै दुई बस र बसमा सवार ३८ यात्रूको अवस्था अज्ञात रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत