आज २०८१ साउन २२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम कान्तिपथ डटकमले प्रकाशित गरेका दश समाचारहरू यस प्रकार रहेका छन् :
आईजीपीका दाबेदार सीआईबीमा
सरकारले तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। मंगलबार साँझ सिंह दरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं उपत्यका प्रहरी प्रमुख पनि हेरफेर गरेको हो।
यसअघि उपत्यका प्रहरी प्रमुख रहेका एआईजी दीपक थापालाई सीआईबीको जिम्मा दिइएको छ। थापा आगामी चैतमा प्रहरी महानिरीक्षक बन्ने सबैभन्दा बलिया दाबेदार हुन्। उनले नेपाल प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अमेरिका प्रस्थान गरेपछि थापाले निमित्त प्रमुख पाएका थिए।
व्यवसायी प्रसाईंले खुलेआम चरित्रहत्या गरे
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको सार्वजनिक रुपमै चरित्रहत्या गरेका छन् ।
बैठकमा भारतका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, संसदीय मामिलामन्त्री किरण रिजिजुलगायत नेता सहभागी थिए ।
सधैँ पहिरोको त्रासमा
बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका-५ राम्चेका ८० वर्षीय जयबहादुर चितौरेलाई पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ। बर्सेनी पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले छोप्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ।
https://kantipath.com/2024/08/06/55685/ ‘गाउँको शिरमा भिर छ। त्यही भिर कतिबेला खस्ने हो भन्ने सधैँको पिर छ। पानी पर्यो कि त बस्ती बगाउने हो कि भन्ने चिन्ताले रातमा निद्रा नै पर्दैन’, उनले भने। हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँको सिरानमा राम्चेभिर छ। केरुङेखोलाको मुहानमा रहेको राम्चेको पहिरोले जयबहादुर चितौरे मात्र होइन राम्चेगाउँका ३५ घरपरिवार बर्खा लागेसँगै पहिरोका डरमा बस्न बाध्य छन्।
नेपाल प्रहरीका एआइजीहरुको सरुवा
नेपाल सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकहरू (एआइजीपी)हरूको सरुवा गर्ने तयारी गरेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एआइजीपी सरुवासम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।
कर्णालीको सौन्दर्यता महसुस गर्न पाएँ
अभिनेत्री सुरक्षा पन्तले कर्णाली प्राकृतिक सुन्दरतासँगै विविध संस्कृतिले भरिपूर्ण भएको आफूले पाएको बताएकी छन्।
आफू अभिनित चलचित्र ‘बुलाकी’ को प्रचारप्रसारका लागि आयोजित पत्रकार सम्मेलनमा उनले कर्णालीमा छायाङ्कनका लागि बिताएको समय र आफ्नो पात्रको विषयबारे चर्चा गरिन्।
लक्षित वर्गसम्म पुर्याउन निर्वाचन प्रणाली कानुन निर्माण
सर्वोच्चले अदालतले समानुपातिक निर्वाचन प्रणाली लक्षित वर्गको प्रतिनिधित्व सुनिश्चितता गर्न निर्वाचन कानुनमा यथोचित पुनरावलोकन गर्ने सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।’
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भएको रिटको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले यस्तो निर्देशनात्मक आदेश जारी गरेको हो ।