शुक्रबार, चैत्र २७, २०८२

दुर्घटनाग्रस्त हेलिकप्टरमा को-को थिए यात्रु ? (सूचीसहित )


कान्तिपथ


काठमाडौँ । आज नुवाकोटको शिवपुरीमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

यात्रुको सूची

चिनियाँ पर्यटक-

जुदाड टाङ (पुरुष)

जी लि (पुरुष)

यियाद वु (महिला)

जेमिङ सी (पुरुष)

क्याप्टेन-अरुण मल्ल

रहेका छन् ।

हालसम्म चार जनाको शव फेला परेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार १ बजेर १४ मिनेटमा उक्त हेलिकप्टर उडेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत